सुदुरपश्चिम खप्तड गोल्ड कपको तैयारी पूरा

12-06-50-TRAPY_GOLDCUP_01_0_xzse2SNvSY

मुलककै सर्वाधिक धनराशीको तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी सम्पन्न भएको जानकारी गराएको हाे।

‘फुटबल मैदानको सजावट र खेलाडीको व्यवस्थापन लगायका सम्पूर्ण तयारी पूरा भएको छ’ पत्रकार सम्मेलनमा अध्यक्ष सुरेश हमालले जानकारी गराए। उनले सबै टीमका खेलाडीहरू धनगढी पुग्दै गरेको समेत जानकारी दिए।५ हजार अट्ने दुई वटा स्थायी प्याराफिट रहे पनि आयोजकले थप दुईहजार अटाउने गरि अस्थायी प्याराफिट निर्माण गरेको छ। मंगलबार बिहान सम्म अस्थाइ प्याराफिट निर्माण को काम सम्पन्न हुने अध्यक्ष हमालले बताए।

दर्शकलाई प्रतियोगिता हेर्न सहज होस् भनेर एलइडीको प्रवन्ध गरिएको समेत उनले जानकारी दिए। खेल मैदान नजिकै एलइडी लगाइने आयोजकले जनाएको छ। दैनिक ५ हजार भन्दा बढीले मैदानमै पुगेर खेल हेर्ने आयोजकले दाबी गरेको छ। प्रतियोगितामा दर्शकले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ।

क्वाटरफाईनलसम्मको लागि १०० र १५० तथा सेमिफाइनल र फाइनलका लागि १५० र २०० रुपैयाँ तोकिएको छ। सर्वाधिक धनराशीको प्रतियोगोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट खेलाडीले यामाहाको १५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ। यी हुन् गोल्डकप खेल्ने टीम आयोजक वाहेक ९ वटा ए डिभिजनका सहित देशका विभिन्न स्थानका तीन क्लव तथा दुईवटा विदेशी टोलीले पनि सहभागिता जनाउने छन्। आयोजक सुदूरपश्चिम– ११ स्पोर्टस क्लबसहित ए डिभिजन क्लबहरू मनाङ मर्स्याङ्दी, थ्री स्टार, संकटा, भ्याली च्यासल युथ क्लव विभागीय टीम नेपाल पुलिस, नेपाल एपिएफ क्लबले सहभागिता जनाउने भएका छन्।

त्यसैगरी गोर्खा ब्वाइज स्पोर्टस रुपन्देही, काँकरभित्ता टेनिङ सेन्टर झापा, मोरङ ११ स्पोर्टस क्लबले पनि भाग लिने निर्णय दिइसकेको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष हमालले बताए। विदेश क्लबमा भने एक भारतको र एक क्यामरुनको आउने भएको छ। भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लब आउने भएका छन्।

को–कोसंग भिड्छन्?

१२ टिमको सहभागिता रहेको प्रतियोगितमा मंगलबार उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब र मेची नेत्रालय काँकरभित्ता झापा बीच खेल हुने छ। यो खेलको विजेताले क्वाटरफाइनलमा नेपाल एपिएफएसँग प्रतिस्पर्धा गर्नेछ। भ्याली च्यासल युवा क्लब र दिल्ली एफसीबीच हुने खेलको विजेता टोलीले क्वाटर फाइनलमा रुस्लान थ्री स्टारसँग खेल्नेछ। अर्को समूहमा सिग्नेचर मनाङ मर्स्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाइज स्पोर्टस रुपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लब रहेका छन्।

यो समूहबाट पनि सिग्नेचर मनाङ मर्स्याङ्दी र क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लब पनि पहिलो चरणमा वाई पाएर सिंधै क्वाटरफाइनलमा पुगेका छन्। मनाङले नेपाल पुलिस र मोरङ ११ स्पोर्टस क्लबको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्ने छ। क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लबले सेमिफाइनल जानका लागि सिएमजी संकटा र गोर्खा ब्वाइज स्पोर्टस रुपन्देही बीचको विजेतासँग खेल्ने छ।

Leave a Reply